फोटो : सुर्य गुरुङ
गोरखा १०, साउन । गोरखाको धार्चे गाउँपालिका–७ लापुमा पर्ने नौली खोला गएरातीदेखि थुनिएको छ । बुढी गण्डकी नदीमा मिसिने नौली खोला पहिरोले थुनिएको स्थानीयबासी सुर्य गुरुङ जानकारी दिनुभयो ।

पहिरोले नौनी खोला पुरै ठप्प जस्तै गरि थुनिएको स्थानीयको भनाई छ । खोला थुनिएपछि नौलीखोलाको तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका बासिन्दालाई जोखिम बढेको छ ।

थुनिएको नौनी खोला एक्कासी पुट्ने अबस्था आए बाढीको सहत बढ्न सक्ने भएकाले सर्तक रहन स्थानीय प्रसासनले सवैलाई आग्रह गरेको छ ।
