Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

लकडाउन हटाएसँगै कोरोना संक्रमितको दर २२ प्रतिसत भन्दा बढीले बढ्न थाल्यो


1.4K
Shares

लकडाउन हटाएसँगै कोरोना संक्रमितको दर २२ प्रतिसत भन्दा बढीले बढ्न थाल्यो

गोरखा १०, साउन ।  सरकारले लकडाउन हटाएसँगै कोरोना सङ्क्रमितको संख्या हरेक दिन २२ देखि २५ प्रतिशतका दरले थपिइरहेको छ । पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा थप एक सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तीन हजार नौ सय ८७ जनाको परीक्षण गर्दा एक सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको संख्या १८ हजार तीन सय ७४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय सङ्क्रमित भने ५ हजार तीन सय ८३ रहेका छन् । कोरोना सङ्क्रमण मुक्त भई एक सय सात जना डिस्चार्ज भएका छन । हालसम्म सङ्क्रमण मुक्त हुनेको संङ्ख्या १२ हजार नौ सय ४७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology