Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भैसी चराउन गएका बालकको काठेपुलबाट खसेर मृत्यु


1.6K
Shares

भैसी चराउन गएका बालकको काठेपुलबाट खसेर मृत्यु

हुम्ला ८, साउन । जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा काठे पुलबाट खसेर बुधबार एक बालकको मृत्यु भएको छ । अदानचुली–५ करगाईका १५ वर्षीय गोपाल रोकायाको भैसी चराउन जाँदा पुलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भैँसी चराउन गएका रोकाया भैँसी चराएर मध्याह्न १२ बजे घर फर्किने बेलामा सिस्ने खोला भन्ने ठाउँमा रहेको काठेपुलबाट खसेपछि खोलाले बगाएको थियो । खोलाले बगाएर बेपत्ता बनाएका बालकको खोजी गर्दा शव भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

सिस्ने खोलामा पनि हिउँदे मौसममा सानो पानी रहने हुनाले सोही ठाउँमा काठ राखेर खुलारुपमा आवतजावत गर्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology