Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा पहिरोले बगाउदा घाँस काट्न गएकी एक महिला घाइते


5.3K
Shares

गोरखामा पहिरोले बगाउदा घाँस काट्न गएकी एक महिला घाइते

गोरखा ६, साउन । गोरखाको भीमसेन थापा गाउँपालिका– २ तान्द्राङ पहिरोमा परी एक महिला गम्भीर घाइते हुनु भएको छ । आज बिहान घाँस काट्न जानुभएकी स्थानीयबासी अन्दाजी ५१ बर्षकी धनकुमारी बन्जरालाई पहिरो बगाएपछि घाइते हुनुभएको हो । घर नजिकै पर्ने कोया भन्ज्याङ भन्ने ठाँउमा बिहान ८ बजे घाँस काट्न गएका बेला वरपरको पुरै क्षेत्र पहिरोले बगेपछि उहाँपनि पहिरो संगसंगै बग्नु भएको थियो ।

घाँस काट्न संगै जानु भएका छोरा जीबन बञ्जरा दौडिएर गएर उहाँलाई पहिरोबाट सकुसल उद्धार गर्न सफल भएको स्थानीबासी समेत रहनु भएका नेकपाका नेता लोकप्रसाद बन्जराले जानकारी दिनुभयो । छोरा भने पहिरो भन्दा केही पर भएकाले आमालाई पहिरोले बगाएको देखेपछि उद्धार गर्न तत्काल पुग्नु भएको थियो । घाइतेको घाँटीको एउटा हड्डी भाचिएको र एकपट्टीको पाता खुस्किएको अनुमान गरिएको उहाँले बताउनुभयो ।

पहिरोले उहाँको घाँटी भन्दा मुनीको सवै भाग पुरिएको अबस्थामा उद्धार गरिएको हो ।  ‘घाइते वोहेस नभएको र भुमीट समेत नभएकाले अबस्था जोखिम पूर्ण छैनकी भन्ने हो, उहाँले भन्नुभयो, सदरमुकामसम्म अहिले पु¥याउन सक्ने अबस्था समेत छैन,।’ ‘छोरो संगै भएर मात्र जिबन बचाउन सकियो, उहाँले भन्नुभयो, ‘घाइतेलाई अहिले स्वास्थ्यकर्मीलाई बोलाएर घरमै उपचारको प्रयास गरिएको छ ।’ फोटो : नेकपाका नेता लोकप्रसाद बन्जराको फेसबुकबाट साभार

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology