Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड आज बिहानैदेखि अबरुद्व


4.9K
Shares

पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड आज बिहानैदेखि अबरुद्व

गोरखा ६, साउन – पहिरोका कारण गोरखा–आँबुखैरेनी सडक खण्ड आज बिहानैदेखि अबरुद्ध भएको छ । उक्त सडक खण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक पूर्ण रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिनुभयो ।

लगातारको परेको बर्षाका कारण गोरखा–आँबुखैरेनी सडक खण्डको बाह्रकिलो क्षेत्रमा पनि पहिरो खसेको उहाँले बताउनुभयो । पहिरो पिच सडक नै भासिएको डिएसपी खतिवडाको भनाई छ । सडकमा पहिरो खसेपछि गोरखा प्रवेश गर्ने मुख्य नाका नै बन्द भएको छ । सडक अबरुद्ध भएपछि आँबुखैरेनीबाट गोरखा सदरमुकाम तर्फ आउदै गरेका सवारी साधन उत्तै तर्फ रोकिएको डिएसपी खतिवडाले बताउनुभयो ।

निरन्तर पानी परिरहेकाले पहिरो हटाउन समेत समस्या भएको उहाँले जानकारी दिनुभयो । पानी रोकिने बित्तिकै पहिरो हटाउने तयारी भई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । आईतबार पनि ठूलो पहिरो खसेर उक्त सडक खण्ड अबरुद्ध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology