गोरखा ५, साउन- गोरखा जिल्लामा एक सय ४० दमशलव दुइ मिलिमिटर पानी परेको छ । जलतथा मौसम बिज्ञान बिभागले पछिल्लो २४ घण्टामा गोरखा जिल्लामा भारी बर्षा भईरहेको जनाएको हो । विभागका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी एक सय ६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा एक सय ५० दशमलव ६, तनहुँको श्याम्घामा एक सय ४८ दशमलव ८ मिलिलिटर बर्ष भएको जनाएको छ ।
बिभागका अनुसार नेपालमा पाँच दिनसम्म भारी वर्षा हुनेछ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने विभागले जनाएको हो । विभागले प्रदेश–एक, प्रदेश–दुइ, बागमती, गण्डकी, प्रदेश पाँच र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको विभागका महानिर्देशक सरजु वैद्यले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा त्योे भन्दा बढी पानी परिरहेको छ ।
यो अझै बढेर दुइ सय मिलिलिटर पुग्ने सम्भावना छ । न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको महानिर्देशक वैद्यले बताउनुभयो । उहाँका अनुसार साउन नौ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जानेछ ।