Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा भीषण बर्षा, सर्तक रहन नागरिकहरुलाई अपिल


5.2K
Shares

गोरखामा भीषण बर्षा, सर्तक रहन नागरिकहरुलाई अपिल

गोरखा ५, साउन । गएरातीदेखि गोरखा जिल्ला अधिकासं क्षेत्रमा भीषण बर्षा भइरहेको छ । अत्याधिक बर्षका कारण मानिसहरु घर बाहिर अत्याबश्यक कामका लागि समेत निस्कन सकेका छैनन् । बर्षाले गोरखा–आँबुखैरेनी सडक खण्डको केही स्थानमा पहिरो गएको छ भने जिल्ला भित्रका सवै कच्ची सडकहरु ठप्प भएका छन् ।

मनसुन सुरु भएसगै आएको अबिरल बर्षात तथा झरीका कारण अधिकासं क्षेत्रमा बाढी पहिरोको जोखिमबाट प्रभावित भएको भन्दै जिल्ला प्रसासन कार्यालय गोरखाले सर्तक रहन सवैलाई आग्रह गरेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै जिल्ला जिल्ला भित्रका सवै स्थानीय तहहरुलाई समेतलाई समेत जोखिमलाई मध्यजर गर्दै जोखिममा रहेका घर तथा परिवारहरुको पहिचान गरि तत्काल सुरक्षीत स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

यसै बिच बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बर्षाका कारण गाउँपालिका पहिरोको उच्च जोखिम रहेकाले सर्तक रहन गाउँपालिका बासीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले सभ्भावित खतरालाई मध्यनजर गर्दै सुरिक्षत रहन पनि सवै पालिकाबासीलाई आग्रह गर्नु भएको छ । साथै कतै पहिरो गएमा, घरहरु जोखिमा परेमा तत्काल स्थानीय जनप्रतिनिधि वा गाउँपालिकामा खबर गर्न पनि सवौलाई आग्रह गर्नुभएको छ ।

यसै बिच जिल्ला शहिद लखन गाउँपालिका वडा नम्बर ८ को बिभिन्न क्षेत्रमा केही घरहरु जोखिममा परेको स्थानीयबासीहरुले जानकारी दिएका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology