Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा १० हजार सवारीलाई कारवाही गर्दा ७२ लाख रुपैया राजस्व उठ्यो


3.5K
Shares

गोरखामा १० हजार सवारीलाई कारवाही गर्दा ७२ लाख रुपैया राजस्व उठ्यो

गोरखा ४, साउन । गोरखामा सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गर्दा गत आर्थिक बर्ष २०७६/०७७ मा ७२ लाख रुपैया भन्दा बढी राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख नायव निरीक्षक मित्रलाल ढकालले आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा गएको आर्थिक बर्षमा सवारी जरिवना बापत ७२ लाख ७ हजार रुपैया राजस्व संकलन भएको जानकारी दिनुभयो । बन्दाबन्दीका कारण अघिल्लो आर्थिक बर्षमा भन्दा गएको आर्थिक बर्षमा २३ हजार रुपैया कम राजस्व संकलन भएको उहाँले बताउनुभयो ।

कार्यालयले आर्थिक बर्ष २०७६/०७७ को फाल्गुन महिनामा सवारी जरिबाना बापत सवैभन्दा धेरै ८ लाख ५२ हजार रुपैया राजस्व संकलन गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै सवैभन्दा थोरै जेठ महिनामा रु १ लाख ८२ हजार रुपैया राजस्व संलकन भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक बर्षको साउन महिनामा १ हजार ५० सवारी साधानलाई कारवाही गर्दा ७ लाख ५७ हजार ५ सय, भदौमा ९सय ५० वटा सवारी साधनलाई कारवाही गर्दा रु ६ लाख ७७ हजार ५सय, असोजमा ९५० वटा सवारी साधनलाई कारवाही गर्दा रु ६ लाख ६३ हजार, कात्तिकमा १ हजार सवारी साधनलाई कारवाही गर्दा रु ७ लाख ११ हजार ५ सय, मंसिरमा १ हजार ५० सवारी साधनलाई कारवाही गर्दा रु ७ लाख २९ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ ।

त्यस्तै गएको आर्थिक बर्षको पुस महिनामा १ हजार ५० वटा सवारी साधनलाई कारवाही गर्दा ७ लाख ४० हजार, माघमा १० हजार ५० सवारी साधनलाई कारवाही गर्दा ७ लाख २ हजार, चैत महिनामा ६ सय सवारी साधनलाई कारवाही गर्दा ४ लाख ६६ हजार ५ सय, बैशाखमा ४ सय सवारी साधनलाई कारवाही गर्दा २ लाख ८० हजार र असारमा ६ सय सवारी साधनलाई कारवाही गर्दा ४ लाख १ हजार ५ सय राजस्व संकलन भएको ढकालले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले गएको आथिर्क बर्षमा मात्र सवारी नियम उल्लंघन गर्ने १० हजार १५० वटा सवारी साधनलाई कारवाही गरेको जनाएको छ । जसमध्ये सवै भन्दा धेरै मोटरसाईकल कारवाहीमा परेका छन् । बाह्र महिनाको अबधीमा जिल्लाभरमा २ हजार ९८३ वटा मोटरसाईकललाई कारवाही गरिएको उहाँको भनाई छ । त्यस्तै गएको आर्थिक बर्षभरीमा जिल्लाभर १ हजार ७४९ वटा ट्याक्टर, २ हजार २५७ वटा कारजिप, १ हजार १८९ वटा बस, र १ हजार ७५० वटा सवारी नियम उलंघन गर्ने ट्रक तथा टिपरलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology