गोरखा ३, साउन । लियो तथा लायन्स क्लबले शनिबार गोरखा सदरमुकामको पश्चिमकाली क्षेत्रमा बृक्षारोपण गरेको छ । लायन्स क्लब अफ गोरखा, लान्यस क्लब अफ गोरखा कालिका र लियो क्लब अफ गोरखाले संयुक्त रुपमा गोरखा नगरपालिका ५ को पश्चिमकाली मन्दिर परिषरमा बृक्षारोपण गरेको हो ।
बृक्षारोपण कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले लिचीको बेर्ना रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा ३ वटै क्लबका पदाधिकारी तथा सदस्यहरुद्धारा कपुर, लिची, गुलमोहर, तेजपात, पारिजातको फुलहरुको बेर्नाका साथै अन्य बिभिन्न प्रजातीका बिरुवा रोपिएको हो ।