गोरखा ३, साउन । गोरखाको ऐतिहासिक तथा धार्मिक महत्व रहेको मनकामना मन्दिर जोड्ने मनकामना केवलकारमा कार्यरत कर्मचारीहरुले केबलकार सञ्चालन गर्न माग गरेका छन् । केवलकारमा कार्यरत कर्मचारीहरुले एक बिज्ञप्ती मार्फत लामो समयसम्म बेरोजगार भएर बस्दा दैनिक जिवन निर्वाह गर्न कठिन भएको भन्दै बन्द केबलकार तत्काल सञ्चालनको माग गरिएको हो ।
कर्मचारीहरुले आफुहरु सुरक्षाका उपायहरु अपनाई काममा फर्कन तयार रहेको भन्दै केवलकार सञ्चालनमा ल्याउन माग गरेका छन् । बिज्ञप्तीमा सुरक्षाको उपायहरू अवलम्बन गरेर भएपनि सामान्य अवस्था तर्फ फर्कन सरकारले नै प्रयत्न गर्नुपर्ने अवस्थामा सम्बन्धित निकायले यस बारेमा पहल नगरेको उल्लेख गरिएको छ ।
कोभिड–१९ को महामारी अवस्थालाई ध्यानमा राखेर सरकारले चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेपनि मनकामना केवलकार लगातार बन्द हुदै आएको छ ।