Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बुटवल–तानसेन सडकखण्डमा पहिरो खस्दा ट्रक पुरियो


2.6K
Shares

बुटवल–तानसेन सडकखण्डमा पहिरो खस्दा ट्रक पुरियो

काठमाण्डौ ३, साउन । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै पहिरो खस्दा एउटा ट्रक पुरिएको छ । बुटवलबाट स्याङ्जा सामान लिएर हिडेको हिडेको लु १ ख ११७५ नम्बरको मिनी ट्रक आज बिहान माथिबाट पहिरो आइ पुरेको प्रहरीले जनाएको छ ।

पहिरो पुरै सो सडक खण्ड समेत अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेकाले डोजर लगाउन सडक सूचारु गर्न केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology