Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

पत्रकारलाई सञ्चार सामग्री बितरण गरिएको बिषय प्रति अर्नगल प्रचार गरिएको भन्दै महासंघ गोरखाको गम्भीर ध्यानाकर्षण


3.2K
Shares

पत्रकारलाई सञ्चार सामग्री बितरण गरिएको बिषय प्रति अर्नगल प्रचार गरिएको भन्दै महासंघ गोरखाको गम्भीर ध्यानाकर्षण

गोरखा ३०, असार ।  नेपाल पत्रकार महासंघ गोरखा शाखाले जिल्ला भित्रका क्रियाशिल पत्रकारहरुलाई सञ्चार सामाग्री बितरण गरिएको बिषयलाई लिएर भएको अर्नगल प्रचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै कोभिड १९ को संक्रमणका बेला समाचार संकलन र प्रकाशनका लागि गरिएको कार्यक्रमबाट ५० प्रतिसत सहयोगमा सञ्चार सामाग्री बितरण गरिएको बिषयलाई तोडमोड गरि सामाचार सार्वजनिक भएको घटना भन्दै आपत्ती जनाएको हो ।

‘शाखामा क्रियाशिल पत्रकारहरुको क्षमता अभिबृद्धिको पक्षमा काम गर्ने, पेशागत हकहित र सुरक्षाका पक्षमा वकालत गर्ने कार्य छाता संगठनको दायित्व र कतव्र्य हो, महासंघका अध्यक्ष किशोरजंग थापाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, ‘क्षमता अभिबृद्धिका लागि सञ्चालन गरिएको कार्यक्रमको अर्नगल प्रचार गर्नु सिङ्गो पत्रकारहरुको छाता संस्था जिल्ला शाखाको कार्यक्रमलाई प्रभाव पार्ने र संस्थालाई बद्नाम गर्न प्रयास हो ।’ महासंघले ल्याएको कार्यक्रम कहाँ कसरी खर्च गर्ने भन्ने महासंघले निर्णय गर्न सक्ने भएकाले अनाबश्यक टिकाटिप्पणी गर्दै महासंघको बदमान गराउने नियत भएको उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा भनिएको छ, पत्रकारहरुको छाता संस्थाको निर्णयलाई बङ्ग्याएर अनर्गल प्रचार गर्ने, स्थानीय तहको कार्यक्रम नरहेको विषयलाई तोडमोड गरेर पत्रकारहरुको छाता संंस्था र जनप्रतिनिधिको मान मद्र्धन हुने गरि पेशागत मर्यादा बिपरित भएको अनर्गल प्रचार भएको प्रति जिल्ला शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । बिज्ञप्तीमा स्थानीय सरकारसँग सहकार्य गर्नु छाता संस्थाको कर्तब्य भएको र निरन्तर खबरदारी गर्नु संचारकर्मीको दायित्व उल्लेख गरिएको छ ।

बिज्ञप्ती पत्रकारिताको न्युनतम मूल्य मान्यता बिपरित कार्र्य नर्गन र त्यस्ता क्रियाकलापलाई साथ नदिन पनि सम्बन्धित स्थानीय तह, सरकारी तथा गैह्रसरकारी निकायलाई अनुरोध गरिएको छ । साथै महासंघले यस्ता खालका भ्रामक समाचारको पछि नलाग्न संम्बद्ध सबै पक्षमा अनुरोध समेत गरेको छ । बिज्ञप्तीमा पत्रकारिता पेशाको मर्यादामा रहेर काम गर्ने शिलशिलामा आइपर्ने जुनसुकै कठिनाईमा पनि जिल्ला शाखा गोरखा सँगसँगै रहेकाले बिचलित नहुन, प्रभाव दबावमा नपर्न समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology