गोरखा ३०, असार- आत्माहत्या दुरुत्साहन आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले ३ जनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–१० बिरेन्चोककी २३ युवतीले केही दिन अघि गरेको आत्माहत्याको घटनालाई लिएर आत्माहत्या गर्न बाध्य बनाएको भन्दै परिवारले दिएको उजुरीको आधारमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
छोरी बिनिता रानालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै मृतकका बाबु जुद्धबहादुर रानाले दिएको उजुरीका आधारमा छिमेकी मन्जु राना, हिरा राना र मनमाया रानालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । आत्महत्या दुरुत्साहनको किटानी जाहेरी आधार उनिहरुलाई पक्राउ गरि जिल्ला अदालत गोरखाबाट १० दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि प्रहरीले जनाएको छ ।
मृतकले आत्माहत्या गर्नु केही समय अघि नातेदार समेत रहनु भएकी मनमायालाई बोक्सीको आरोप लगाएपछि पक्राउ परेकाहरुले मृतकलाई टेलिफोनमा थप धम्की दिएकाले आत्माहत्या गर्न बाध्य भएको परिवारको आरोप छ ।
गत सालको भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिता २०७६ ले आत्महत्या दुरुत्साहन गर्नेलाई कारवाहीको व्यवस्था गरेको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना हुने कानूनी व्यवस्था छ ।