Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

न्यून चापीय रेखा दक्षिण सर्यो, आजदेखि वर्षा केही कम हुने अनुमान


1.1K
Shares

न्यून चापीय रेखा दक्षिण सर्यो, आजदेखि वर्षा केही कम हुने अनुमान

काठमाण्डौ ३०, असार । मंगलबार (आज) देखि वर्षा केही कम हुने मौसमविद्ले अनुमान गरेका छन् । यसअघि नेपाल नजिक रहेको मनसुनी न्यून चापीय रेखा केही दक्षिण (भारततर्फ) सरेकाले हिजो र अस्तिको तुलनामा वर्षाको मात्रा केही घट्ने अनुमान मौसमविद्ले गरेका हुन् । न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले केही दिनयता देशभर वर्षा धेरै भएको थियो ।

यो रेखा जति नजिक भयो, उति वर्षाको मात्रा बढ्ने मौसमविद् बताउँछन् । तर अहिले नेपालबाट यो रेखा केही तल सरे पनि यो तलमाथि गरिरहने भएकाले पुन माथि अर्थात् नेपाल नजिक आउने सम्भावना पनि रहने मौसमविद् बताउँछन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

दिउँसो पनि देशका केही स्थानमा यस्तै किसिमको वर्षा हुने तथा राति प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक र दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । यसअघिको वर्षाको पानीले जमिन भिजिसकेको हुनाले सामान्य वर्षाले पनि पहिरो जाने तथा बाढी आउने सम्भावना रहेने हुँदा सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology