Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको झिँङटे-अश्राङ-बोर्लाङ सडक खण्डमा स्थानीय गरे सडक मै धान रोपाई


10.4K
Shares

गोरखाको झिँङटे-अश्राङ-बोर्लाङ सडक खण्डमा स्थानीय गरे सडक मै धान रोपाई

गोरखा २९, असार – गोरखाको भीमसेन थापा गाउँपालिका अन्तरगत झिँगटे अश्राङ बोर्लाड सडकखण्ड सवारी साधन चल्नै नसक्ने गरि बिग्रिएपछि स्थानीयले तत्काल सडक मर्मतको माग गर्दै सडक मै धान रोपाई गरेका छन् । सो सडक खण्डको अश्राङ बजार क्षेत्रमा सामान्य हिडडुल गर्न पनि नसक्ने गरि सडक हिलाम्मे बनेपछि स्थानीयबासीहरुले मर्मतको माग गर्दै सडकमा रोपाई गरेका हुन ।

सडकको मर्मत सम्हारमा समेत गाउँपालिकाले ध्यान नदिएको बिरोधमा सडकमै रोपाई गर्नुपरेको एक स्थानीयले बताए । ‘सडक निर्माणका लागि बजेट आएको छ, तर गाउँपालिकाले त्यसमा ध्यान नदिदा चालु आर्थिक बर्षमा पनि बजेट फ्रिज भएर गएको छ, यता सडकमा भने बिरामी बोक्ने समेत सक्ने स्थिती छैन ।’ सडक मर्मतका लागि गाउँपालिका अध्यक्ष आफै आएर अनुगमन गरेर फर्किएको भएपनि मर्मतमा चासो नदिएको स्थानीयको आरोप छ ।

‘गाउँपालिका अध्यक्ष इश्वर पाण्डे, उपाध्यक्ष बिनु वाग्ले, प्रमुख प्रशासकिय अधिकृत कृष्ण थापा उहाँहरु आफै आएर हेरेर जानु भएको हो, आउदा हुन्छ हामी गछौं भन्छन् फर्किएपनि कुनै चासो दिएनन् ।’ एक स्थानीयले भन्नुभयो । सामान्य ढुङगा ल्याएर हाल्न सकेमात्र पनि सवारी साधन चल्न सक्ने अबस्थामा रहेको उक्त सडक समयमा नै मर्मत सम्हारमा ध्यान नदिदा अहिलेको अबस्था आएको स्थानीबासीहरुको भनाई छ ।

‘सडक मर्मतका लागि स्थानीयबासीले गाउँपालिकामा निवदेन समेत दिएका छन् । ‘केहि दिनअघि बोर्लाङबाट बोर्लाङबाट आएको आएको एम्बुलेन्स सडकमै फस्यो, एम्बुलेन्समा बिरामी छटपट्टी रहेको अबस्था थियो, स्थानीयबासी चण्डिका पाण्डेले भन्नुभयो, हामीले मेसिन लगाएर बल्लतल्ल निकाले पठायौ ।’

अहिले सडकमा सवारी साधन गुड्ने सडकमा खाल्डाखुल्टी हिलोका कारण मानिसलाई हिड्न समेत नसक्ने अबस्थामा रहेको उहाँको भनाई छ । ‘सडकमा सवारी साधन त के मान्छे समेत हिड्न सक्ने अबस्थामा छैन, स्थानीयबासी पाण्डेले भन्नुभयो, एम्बुलेन्समा मात्र होइन अब स्टेचरमै बिरामी लैजानु पर्ने भयो भने पनि समस्या छ ।’ उहाँले बिग्रिएको सडक मर्मतका लागि आफुले गाउँपालिकामा निवदेन समेत दिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology