म्याग्दी २७, असार- म्याग्दीमा बिहिबार रातीको अविरल बर्षा संगैको बढी, पहिरोबाट म्याग्दीमा ठूलो मानविय क्षती भएको छ । पहिरोमा परि बेपत्ता भएकाहरु मध्य धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिममा हाल सम्म २० जनाको शव फेला परेको छ ।
अझै १२ जना अझै वेपत्ता रहेका छन् । मराङमा बेपत्ता भएकामध्ये ११ जना र विममा ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मराङमा ११ जना र बिममा २ जना अझै बेपत्ता छन् । त्यस्तै मराङमा रिख भन्ने ठाउँमा ७ जना र कल्लेनीमा २ जनाको खोजी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मालिका गाउँपालिका–०७ विम दुलेबाट बिष्णु पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विर बहादुर नेपाली, निजको ३ महिनाको छोरा, बिष्णु नेपालीको शब भेटिएको छ ।
त्यस्तै धवलागिरी गाउँपालिका ६ मराङबामा सन्दिप नेपाली, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली तथा धवलागिरी ७ ताकमका बर्ष १८ का प्रकाश के सीको शव भेटीएको छ ।