गोरखा २७, असार – गोरखामा फेसबुक अभियान मार्फत आर्थिक सहयोग संकलन गरि जना क्यान्सर पिडित महिलालाई उपचारका लागि १ लाख रुपैया आर्थिक सहयोग प्रदान गरिएको छ । गोरखा नगरपालिका–५ नयाँबजारमा कोठा गरि बस्दै आएकी क्यान्सर पिडित उसलबानी खातुनलाई दारी ग्याङ गोरखाले फेसुबक अभिायनबाट रकम जुटाएर आज हस्तारन्तण गरेको अध्यक्ष राजेन्द्र न्यौपानले जानकारी दिनुभयो ।
‘पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसक्नु भएका खातुनलाई उपचारमा सहयोग गर्न हामीले दारी ग्याङ गोरखा मार्फत आर्थिक संकलन अभियान सञ्चालन गर्दै आएका थियौं, अध्यक्ष राजेन्द्र न्यौपानले भन्नुभयो, फेसबुकबाट सञ्चालन गरिएको अभियानबाट जम्मा भएको १ लाख ८५९ रुपैया आज उहाँलाई हस्तारन्तरण गरिएको छ ।’ अभियानमा स्वदेश तथा विदेशमा रहेको नेपालीहरुबाट सहयोग जुटेको उहाँले जानकारी दिनुभयो ।
‘पैसा नभएर नै उहाँ उपचार गर्न अस्पतालसम्म जानसक्नु भएको रहेछन्, जानका लागि खर्च अभावमा छटपटी रहनु भएको भन्ने सुन्यौं, अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘उहाँलाई मृत्युबाट जोगाउन जसरी पनि केही गर्नुपर्छ भन्ने लागेर हामीले अभियान थालेका हौ ।’ बारा जिल्ला घर भएका खातुन बिगत केही बर्षदेखि गोरखा सदरमुकामको नयाँबजार क्षेत्रमा सामान्य व्यापार गरेर जिविको पार्जन गर्दै आउनु भएको थियो ।
पित्त थैलीमा क्यान्सर भएकी पिडित खातुन परिवारको आर्थिक अबस्था अन्यत्तै कमजोर रहेको छ । अभियान क्रममा जापानमा बस्ने गोरर्खालीहरुबाट मात्र ५० हजार ६५० रुपैयाँ संकलन भएको अध्यक्ष न्यौपाने जानकारी दिनुभयो । त्यस्तै कतार तथा दुवईमा रहेका नेपालीहरुले अभियानमा सहयोग गरेको उहाँको भनाई छ । खातुनको उपचारका लागि जिल्ला भित्रका स्थानियहरु र बिभिन्न संघसस्था लगायतबात अहिलेसम्म रु ३ लाख १३ हजार ६८० रुपैयाँ संकलन भई सकेको स्थानिय अभियान्ता कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।