Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

म्याग्दीमा पहिरोमा परि ३२ जना बेपत्ता : बेपत्ताको खोजीका लागि हेलिकप्टर पठाइयो


4.8K
Shares

म्याग्दीमा पहिरोमा परि ३२ जना बेपत्ता : बेपत्ताको खोजीका लागि हेलिकप्टर पठाइयो

फाइल फोटो

म्याग्दी २६, असार । म्याग्दीमा पहिरोमा परि एकै गाउँका ३२ जना वेपत्ता भएका छन् । खोजीका लागि सेनाको एउटा हेलिकोप्टर पठाइएको छ । पहिरोमा हराईरहेका ३२ जनाको उद्धारका लागि जिल्लाबाट सुरक्षाकर्मी पुग्न नसकेपछि जिल्ला प्रसासन कार्यालय म्याग्दीले गृह मन्त्रालय बाट हेलिकोप्टर मगाएको थियो । उद्धारका लागि ३ वटा हेलिकोप्टर माग गरेकोमा एउटा हेलिकोप्टर आईपुगेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।

विहान १० बजे हेलिकोप्टर माग गरेपनि दिउँसो ३ बजे मात्रै एउटा हेलिकोप्टर आएको हो । म्याग्दीखोलाको बेलिव्रिज भत्किएको र दुखुखोला बढेकाले जिल्लाबाट सुरक्षाकर्मी मालिका र धौलागिरी गाउँपालिकामा पुग्न सकेको छैन । पहिरोमा पुरिएकाहरुको उद्धारका लागि सेनाको टोली आएपछि बिहान देखि बेपत्ता भएकाहरुको खोजी शुरु भएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

पहिरो र वर्षाका कारण म्याग्दीका विभिन्न ठाउँमा ३२ जना बेपत्ता भएका छन् । धौलागिरी गाउँपालिकाको मराङमा १० जना पहिरोमा पुरिएको र १२ जना सम्पर्क विहिन भएको र ताकममा २ जना वेपत्ता भएका छन् । मालिका गाउँपालिका–७ बिममा ८ जना वेपत्ता भएको ढकालले बताउनुभयो । एक जना मालिका गाउँपालिककी महिलालाई दुखुखोला तर्ने क्रममा खोलाले बगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology