काठमाडौं २५, असार । सडक बिभागका इन्जिनियर जितेन्द्रराज शाक्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २ करोड भन्दा बढिको मुद्दा दायर गरेको छ । अख्यिारले इन्जिनियर शाक्य बिरुद्ध २ करोड २५ लाख ४ हजार रुपैयाको बिगो कायम गरि मुद्दा दायर गरेको हो ।
सडक विभागअन्तर्गत हाल मध्यमहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना तुलसीपुर दाङमा कार्यरत इन्जिनीयर शाक्यले मिलेमतोमा १ सय ५ वटा नक्कली कोटेसन बनाई पाँच करोडभन्दा बढी हिनामिना गरेको भन्दै अख्तियारले अख्तियारले जनाएको छ ।
निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर भएको पुष्टि हुन आएको अख्तियारले ठहर गरेको छ।