गोरखा २५, असार । तेह्र बर्षिय बालिकालाई बिहे गर्न लागेका गोरखाका एक युवक बुधबार विबाह मण्डपबाट नै पक्राउ परेका छन् । जिल्लाको शहिद लखन गाउँपालिका– २३ बर्षिय सन्तोष अर्याललाई बालिकालाई बिहे गर्न लागेको आरोपमा विवाह मण्डपबाटै प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बिहेको लगन जुराएर बेहुली लिन तनहुँको व्यास नगरपालिका–११ पुगेका अर्याल सहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मण्डपको सवै काम सकेर बेहुली अन्माउने तयारी गर्दै गर्दा प्रहरीले रोकेर उनिहरुलाई पक्राउ गरेको हो ।
नेपालको नयाँ मुलुकी संहिता ऐन २०७४ मा २० बर्ष मुनीको विवाहलाई मान्यता नदिएकाले युवक र बिहे गर्ने गराउनेलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनुहँका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा बेहुला सहित बेहुलाका आमा, बाबु, बेहुलीकी आमा बाबु र बिहे गराउने पण्डित रहेका छन् ।