गोरखा २४, असार । गोरखा नगरपालिका–५ का एक युवकले बुधबार (आज) दिउँसो झुण्डिएर आत्माहत्या गरेका छ । स्थानीयबासी २१ बर्षिय सञ्जिव श्रेष्ठ आफ्नै अघि अपरान्ह्र ४ बजेतिर घर भित्र झुण्डिएर आत्मा हत्या गरेको गोरखा प्रहरीले जनाएको छ ।
चार महिना अघि मात्र बिहे गरेकी श्रीमती छोडेर गएपछि उनि बिछिप्त बनेका थिए । त्यसैका कारण उनले आत्माहत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । यद्देपी आत्माहत्याको कारण भने खुल्न सकेको छैन । मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखएिको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युवकले गएको चैतमा प्रेम विवाह गरेका थिए । बिहे लगत्तै दुई जना बिचमा मनमुटाव बढेको र मृतककी श्रीमतीले संगै बस्न नसक्ने भन्दै प्रहरीमा उजुरी समेत दिएको प्रहरीको भनाई छ ।
प्रहरीले भने २० बर्ष भन्दा कम उमेरमा विवाह भएकाले त्यो बैध नहुने भन्दै अलग बस्न सुझाव दिएर पठाएको थियो