Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा सम्भावित बिपदमा उद्धारका लागि क्विक रेस्पोन्स टिमलाई थप प्रभावकारी बनाइने


1.9K
Shares

गोरखामा सम्भावित बिपदमा उद्धारका लागि क्विक रेस्पोन्स टिमलाई थप प्रभावकारी बनाइने

गोरखा २३, असार । गोरखा जिल्ला भित्र पहिरोको उच्च जोखिममा रहेका बस्तीको पहिचान गरि सुरक्षित स्थानान्तरण गरिने भएको छ । गोरखामा जिल्ला बिपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले बर्खाको समयमा पहिरोका कारण हुनसक्ने जनधनको क्षति न्युनिकरणका लागि उच्च जोखिममा रहेका बस्तीहरु स्थानान्तरणका लागि व्यवस्था मिलाउने निर्णय गरेको हो ।

बैठकले मनसुनका कारण जुनसुकै स्थानमा हुने सक्ने सम्भावित बिपद् पर्ने समुदायको उद्धारका लागि सवै स्थानीय तहले प्रत्येक वडामा रहेका खुल्ला क्षेत्रको किटान गरि अभिलेख राख्ने निर्णय पनि गरेको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला भित्र बिपद्को अबस्थामा खोज, उद्धार र राहातको बितरणका लागि आबश्यक सामग्री अध्याबधिक गरि नपुग भए उपलब्धताका लागि संंघ र प्रदेश सरकारसंग माग गर्ने, तर भएका सामग्री तयारी अबस्थामा राख्ने निर्णय बैठकले गरेको छ ।

बैठकले बिपद्को अबस्थामा तत्काल खोज उद्धारका लागि जिल्ला स्तरीय सुरक्षा निकायमा गठन भएको क्विक रेस्पोन्स टिमलाई थप प्रभावकारी बनाउने, गोरखा अस्पतालका चिकित्सकको नेतृत्वमा इमर्जेन्सी मेडिकल टिम गठन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कृषि क्षेत्रमा पछिल्लो समय देखिउको सलह किरा, अमेरिकन फौजी किराको प्रवेश तथा फैलावटको सम्भावना रहेकाले त्यसले बालीनाली पु¥याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै रोकथामका लागि आबश्यक व्यवस्था मिलाउन स्थानीयतहहरुलाई अनुरोध गर्ने निर्णय गरिएको रोकाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology