Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाक सुलिकोट गाउँपालिका भित्रका सवै कार्यालय आजदेखि नियमित सञ्चालन


9.7K
Shares

बारपाक सुलिकोट गाउँपालिका भित्रका सवै कार्यालय आजदेखि नियमित सञ्चालन

गोरखा २३, असार ।  कन्ट्रयाक्ट ट्रेसिङमा स्वाब संकलन गरिएका सवैको कोरोना रिर्पोट नेगेटिभ आएपछि गएको ६ देखि बन्द बारपाक सुलिकोट गाउँपालिकाका सवै कार्यालय मंगलबारदेखि सञ्चालनमा आएको छ ।

गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारीमा यही असार १६ गते कोरोना संक्रमणकोे पुष्टी भएपछि सम्भावित संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले पालिका अन्र्तगतका स्वास्थ्य चौकी बाहेका सवै कार्यालय १७ गतेदेखि २२ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

लगत्तै गाउँपालिकाले संक्रमित व्यक्तिको सम्र्पकमा आएका १ सय जनाको स्वाबं संकलन गरि परीक्षणका लागि पठाएकोमा कसैमा पनि कोरोना संक्रमण नदेखिएपछि आजेदेखि कार्यालयहरु नियमित रुपमा संञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँले संक्रमणको जोखिम अझैपनि रहेकाले सवै पालिका बासीहरुलाई सामाजिक दुरी कायम गरि बस्न र स्वास्थ्य सुरक्षालाई ख्याल गर्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology