Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आत्माहत्याको प्रयास गर्दा उपचारका क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना पुष्टी


4K
Shares

आत्माहत्याको प्रयास गर्दा उपचारका क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना पुष्टी

गोरखा २३, असार । झुण्डिएर आत्माहत्याको प्रयास गर्दा उपचारका क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–२ तान्द्राङका युवकको उपचारको क्रममा ललिपुरको पाटन अस्पतालमा सोमबार बेलुका मृत्यु भएको हो ।

उनको स्वांब संकलन गरि पिसिआर परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टी भएको अस्पतालले जनाएको छ । आफ्नो घरमा झुण्डिएर आत्माहत्याको प्रयास गर्दा उनलाई डोरी काटेर घाइते अबस्थामा उपचारका लागि पाटन अस्पताल पु¥याइएको थियो ।

मृतक युवा मानसिक विरामी रहेको समेत पुष्टी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology