गोरखा २३, असार- रोटरी क्लब अफ गोरखाले आइसोलेसनमा रहेका बिरामीहरुका लागि शुद्ध पिउनेपानीका व्यवस्था गर्न भन्दै आज मिनिरल वाटर उपलब्ध गराएको छ । क्लबले मंगलबार एक कार्यक्रमका बिच गोरखा क्याम्पसको आइसोलेसनमा पिउनेपानी हस्तान्तरण गरेको जनाएको छ ।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख असोक कुमार गुरुङ मार्फत गोरखा क्याम्पसको आइसोलेसनका लागि २ सय काटुर्न खानेपानी हस्तान्तरण गरेको क्लबले जनाएको छ । क्बलले यस अघि गोरखा क्याम्पसको आइसोलेसनमा पानी ५० कार्टुन मिनिरल वाटर उपलब्ध गराएको थियो