नागरिक सवाल संवाददाता
गोरखा २३, असार । गोरखा नगरपालिका– ९ ठिगुरेश्वाँरामा एक महिला बिष सेवनबाट गम्भीर बिरामी परेकी छन् । भारतको मोतिहारी घर भई ठिगुरेस्वाँरा बस्दै आएकी ३५ वर्षीया संगीतादेवी पासवान आफैले बिष सेवन गरेर गम्भीर बिरामी परेकी हुन् ।
आइतबार दिउसो विष सेबनबाट गम्भीर घाईते भएकी पासवानलाई गोरखा अस्पतालमा उपचारका लागि ल्याइएकोमा थप उपचारका लागि भरतपुर पठाइएको अस्पतालले जनाएको छ ।
उनको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।