गोरखा २२, असार । गृह मन्त्रालयले मास्क नलगाई हिड्नेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृहले घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हो। गृहप्रवक्ता सहसचिव केदारनाथ शर्माले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यसअघि नै निर्देशन दिइएको हो । पालना नभएको पाइएकाले फेरि निर्देशन दिएका हौं । मास्क प्रयोग गर्ने,२ मिटरको दूरी कायम गर्नुपर्ने र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन निर्देशन दिएका हौं ।”निर्देशनको अवज्ञा गरेको पाइए पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने प्रवक्ता शर्माले बताउनुभयो