Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आज थप १ जनामा कोरोना पुष्टी : संक्रमितलाई गोरखा क्याम्पसको आइसोलेसनमा ल्याइयो


1.4K
Shares

गोरखामा आज थप १ जनामा कोरोना पुष्टी : संक्रमितलाई गोरखा क्याम्पसको आइसोलेसनमा ल्याइयो

गोरखा २१, असार- गोरखामा आज थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको गोरखा नगरपालिका ७ का ५३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित गोरखामा संक्रमितको संख्या ९४ पुगेको छ ।

संक्रमित ब्यक्ति केही दिन अगाडी भारतबाट फर्किएर गोरखा नगरपालिकाको कुवाडीडाडाँमा हरेको मनकामना बहिरा आवासिय विद्यालयमा क्वारिन्टीनमा बस्दै आएका पुरुष भएको गोरखा नगरपालिकाका स्वास्थ्य प्रमुख ईश्वर रेग्मीले जानकारी दिनुभयो ।

संक्रमित पुरुषलाई आजै गोरखा क्याम्पसको आइसोलेशनमा ल्याइएको रहेको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology