गोरखा २०, असार । गोरखामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन गर्न स्थानीयले अबरोध गरेका छन् । जिल्ला स्तरीय कमाण्डपोष्टको आज बसेको बैठकल गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाको सिमानामा पर्ने लुदी दोभानमा शव ब्यवस्थापन गर्ने निर्णय गरेपछि त्यहाँका स्थानीयबासीले अन्यत्रै लैजानुपर्ने भन्दै बिरोधमा उत्रिएका हुन् ।
उनिहरुले लुदी खोलको दोभानमा शव गाड्दा त्यस क्षेत्र आसपासका नागरिकहरुलाई समस्या पर्ने भन्दै गोरखा नगरपालिका–१२ अबुवा र शहिद लखन गाउँपालिका सेराका स्थानीयबासीहरुले त्यस क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने अडान लिएका छन् ।
स्थानीयबासीहरु अहिले शव व्यवस्थापन गर्ने निर्णय गरिएको क्षेत्र वरपर जम्मा भएर प्रहरीलाई समेत अबरोध गरेका छन् । दुवै तर्फका स्थानीयहरु जम्मा भएर बाटो छेकेकाले सहमतीमा शव व्यवस्थापनका लागि अहिले छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
‘भीडलाई नियन्त्रणका लागि जनपथ र ससस्त्र प्रहरी परिचालन गरिएको छ, उहाँले भन्नुभयो, सकेसम्म छलफल र सहमतीबाट शव व्यवस्थापन गछौ, अटेरी नै गरिरहे बलप्रयोग गरेरै भएपनि शव व्यवस्थापन हुन्छ ।’ शव व्यवस्थापनका लागि ठाउँ निर्माण गर्न लुदी खोलाको दोभानमा मेसिन पठाई सकिएको उहाँले जानकारी दिनुभयो ।