Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कर्मचारीमा कोरोना भेटिएपछि बारपाक सुलिकोट गाउँपालिका सवै कार्यालय आजदेखि ५ दिन बन्द


5.5K
Shares

कर्मचारीमा कोरोना भेटिएपछि बारपाक सुलिकोट गाउँपालिका सवै कार्यालय आजदेखि ५ दिन बन्द

गोरखा १७, असार – गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टीपछि गाउँपालिकाको सवै कार्यालय ५ दिनसम्मका लागि बन्द गरिएको छ । गाउँपालिका आकस्मिक बैठकले पालिका भित्रका सवै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

पालिकाका कर्मचारीलाई नै संक्रमण पुष्टी हुदा त्यहाँ आउने सेवाग्राही, कर्मचारी लगायतमा पनि संक्रमण सर्न सक्ने अबस्था रहेकाले सम्भावित जोखिम न्युनीकरणका लागि असार २१ गतेसम्मका लागि पालिका भित्रका सवै कार्यालय बन्द गर्ने निर्णय गरिएकोे गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

‘स्वास्थ्य चौकीहरु बाहेक गाउँपालिका कार्यालय, वडा कार्यालय र पालिका अन्र्तगत पर्ने अन्यसवै कार्यलयहरु आजदेखि बन्द गरिएको छ, उहाँले भन्नुभयो, बन्दको अबधीमा संक्रमितको सम्र्पकमा पुगेका सवैको कन्ट्रयाक्ट ट्रेसिङ र पसिआर परीक्षण लगायतका आबश्यक कार्यलाई तिव्रताका साथ अघि बढाइनेछ ।’

वडा नम्बर ६ स्थित सूर्य ज्वोती मा.विको क्वारेन्टिनमा कोरोना संक्रमण भेटिएका व्यक्तिहरुको सम्पर्कमा पुग्नु भएका स्वास्थ्य शाखाका कर्मचारीमा संक्रमण पुष्टी भएको अध्यक्ष भट्टले बताउनुभयो ।‘सोमबार क्वारेन्टिनमै रहेका एक जना र स्वास्थ्य शाखाका कर्मचारीमा संक्रमण पुष्टी भएको रिर्पोट आएको छ, उहाँले भन्नुभयो, ‘थपसंक्रमण फैलन नदिन तत्काल गाउँपालिका अन्र्तगतका सवै कार्यालयहरु बन्द गरेर कन्ट्रयाक्ट ट्रेसिङको काम अघि बढाइएको हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology