गोरखा १६, असार । कोरोना संक्रमित क्षेत्र घोषणा गरिएको भीमसेन थापा गाउँपालिका–६ मोहरियामा थप एक जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित प्रेस ब्रिफिङमा मोहरियाका ८ बर्षिय बालकमा कोरोना संक्रमण भएको पुष्टी गरेको हो ।
बाबु आमा र दिदीमा कोरोना संक्रमण भएपछि गोरखा क्याम्पसको आइसोलेसनमा संगै बसेका बालकमा आज संक्रमणको पुष्टी भएको मन्त्रालयले जनाएको छ । उनिहरु भारतबाट आएर सामुहिक क्वारेन्टाइनमा बसेका थिए ।
यो संगै जिल्लाको भीमसेन थापा गाउँपालिकामा मात्र संक्रमितको संख्या ३५ पुगेको छ ।