गोरखा १६ असार । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ स्थित सिमलटार जलबिरे टोलसुधार समितिको अध्यक्षमा भक्तबहादुर श्रेष्ठ चयन हुनु भएको छ । मंगलबार सम्पन्न भएको टोल भेलाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्सीय टोलसुधार समिति गठन भएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
भेलाले समितिको उपाध्यक्षमा बिकास कुमाल, सचिवमा कपिल सिंखडा, कोषाध्यक्षमा कल्पना श्रेष्ठलाई चयन गरिएको उहाँले बताउनुभयो । समितिको सदस्यहरुमा निरु श्रेष्ठ, रन्जित श्रेष्ठ, लोकमाया कुमाल, राजु कुमाल, नेविका खनाल, रामचन्द्र खनाल र चन्द्रबहादुर के.सी चयन हुनुभएको छ ।
समितिको सल्लाहकारमा झंकनाथ सिंखडाको संयोजकत्वमा पछि थप हुनेगरि ५ सदस्सीय समिति चयन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । जसको सदस्यहरुमा जीवन कुमाल,गणेश श्रेष्ठ, बिष्णबहादुर श्रेष्ठ र बिष्णु रेग्मी चयन हुनुभएको छ ।