Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा पहिरोले पुरिएर १ जनाको मृत्यु, २ घाइते


3.1K
Shares

गोरखामा पहिरोले पुरिएर १ जनाको मृत्यु, २ घाइते

गोरखा १५, असार । गोरखाको धार्चे गाउँपालिका–३ स्थित तातोपानी खण्डमा पहिरोमा पुरिएर सडक निर्माणमा खटिएका एक मजदुरको मृत्यु भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट आरुघाट लार्के सडकखण्डमा काम गर्दै आएका २६ बर्षिय नरेन्द्र शाहीको माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।

सडक निर्माण गर्दै गर्दा आइतबार दिउँसो पहिरो झरेपरि पन्छ्याउने क्रममा पुनः माथिबाट खसेको पहिरोमा परि शाही परिएका थिए । जाजरकोटको जुनीचाँदे गाउँपालिका– ५ घर भएका शाहीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि आज आरुघाट पठाइएको गुरुङले जानकारी दिनुभयो । पहिरो पुरिएर अन्य २ जना घाइते भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology