गोरखा १४, असार । गोरखामा मादक पर्दाथ सवेन गरि होहल्ला गर्दै हिडिरहेका बेला सम्झाउने क्रममा उल्टै आक्रणम गर्ने ३ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
हातमा बियर लिएर होहल्ला गर्दै हिडिरहेका बेला सम्झाउदै उल्टै आक्रमण गर्ने गोरखाको गोरखा नगरपालिका –६ बतासेका १८ बर्षका सुवास गुरुङ, २३ बर्षका बलबहादुर गुरुङ र २१ बर्षका सुवास गुरुङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेकाहरुले यहीं असार १२ गते बेलुकी ७ बजे तिर गोरखा नगरपालिका–९ ठिंगुरेस्वाँरा स्थित गोरखा आँबुखैरेनी सडकखण्ड माथि रहेको पानीको धारा नजिकै मादक पर्दाथ सवेन गरि होहल्ला गरेका भन्दै स्थानीय २९ बर्षि बिश्वबहादुर योगीले सम्झाउने क्रममा योगी माथि नै बोतल प्रहार गरि घाइते बनाएका थिए ।
घाइते योगीको गोरखा सदरमुकामको एपोलो अस्पतालमा उपचार गरिएको थियो । घाइतेको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।