Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

आफैले चलाएको कार दुर्घटनामा परी पत्रकार पाण्डेको मृत्यु


2.3K
Shares

आफैले चलाएको कार दुर्घटनामा परी पत्रकार पाण्डेको मृत्यु

फाइल फोटो

रुपन्देही १४, असार । रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको कार दुर्घटनामा परि मृत्यु भएको छ । न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार पाण्डेको गएराति आफैले चलाएको कार दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पाण्डेले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटनामा परेको हो । मध्यराति बुटवलदेखि आफ्नो घर तिलोत्तमाको ड्राइभरटोलतर्फ जादै गर्दा कार दुर्घटनामा परेको हो ।

कार तिलोत्तमा– १ ड्राइभर टोलमा ६ लेन सडक छेउमा राखिएको रेलिङमा ठक्कर खाएको थियो। दुर्घटना परी गम्भीर घाइते भएका पाण्डेलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो । उनको अस्पतालमै उपचारको क्रममा मृत्युभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology