Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बोर्लाङमा फैलियो समुदाय स्तरमा कोरोनाः कन्ट्रयाक्ट ट्रेसिङमा थप एकजनामा संक्रमण पुष्टी


4.4K
Shares

बोर्लाङमा फैलियो समुदाय स्तरमा कोरोनाः कन्ट्रयाक्ट ट्रेसिङमा थप एकजनामा संक्रमण पुष्टी

गोरखा १२, असार । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङमा समुदाय स्तरमा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाकोे थुनाबाट रिहा भएर आएका २८ बर्षिय युवकमा कोरोना संक्रमण भेटिएछि उनको सम्र्पकमा आएका ३८ जनाको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा थप एक जनामा कोरोना पुष्टी भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा बोर्लाङका एक युवकमा कोरोना पुष्टी भएको हो । आज संक्रमणको पुष्टी भएका भीमसेन थापा गाउँपालिकाका ३ जना मध्ये एकजना वडा नम्बर ८ बोर्लाङको रहेको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले पनि पुष्टी गर्नुभयो थप जानकारी प्राप्त हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology