Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको भीमसेन थापा गाउँपालिकामा समुदाय स्तरमै कोरोना फैलिएको निस्कर्ष :३ वटा गाउँ सिल


5.6K
Shares

गोरखाको भीमसेन थापा गाउँपालिकामा समुदाय स्तरमै कोरोना फैलिएको निस्कर्ष :३ वटा गाउँ सिल

गोरखा १२, असार – समुदायस्तरमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि भिमसेन थापा गाउँपालिकाले बिभिन्न क्षेत्र सिल गरेपछि त्यसको प्रभावकारी कार्यान्व्यनका लागि थप सुरक्षाकर्मी परिचालन भएको छ ।

जिल्ला स्तरीय सुरक्षा समितिको हिजो बसेको बैठकले भीमसेन थापा गाउँपालिकाको सिल गरिएका क्षेत्रमा आवातजावतमा कडाई गर्न थप सुरक्षाकर्मी परिचालन गरेको हो । गाउँपालिकाको निर्णय अनुसार वडा नम्बर ५ को रिठ्ठेपानी, वडा नम्बर ६ को झिंगटे, मोहरिया, वडा नम्बर ८ बोर्लाङको महादेवटार क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।

साथै अन्य क्षेत्रमा समुदाय स्तरमा कोरोना संक्रमण फैलन नदिन आबश्यक सचेतना अपाउन जिल्लाका सवै स्थानीयतहरुलाई जिल्ला स्तरीय कमाण्ड पोष्टले अनुरोध समेत गरेको छ । गाउँपालिकाले ३ वटा वडाका समुदाय स्तरमै कोरोना फैलिएको पुष्टी भएपछि ति क्षेत्रमा सिल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology