गोरखा ११, असार । गोरखाको बारपाक सुलिकोट गाउँपालिका भित्र क्वारेन्टाइनमा रहेका ३७ जनाको कोरोना परीक्षणको रिर्पोट नेगेटिभ आएको छ । गाउँपालिकाको वडा नम्बर ६ को सूर्यज्वाती माध्यामिक बिधालयको क्वारेन्टाइनमा र हिमालय माध्यामिक बिधालय सौरपानीको क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर रिर्पोट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरामा गरिएको परीक्षणका क्रममा उनिहरुको रिर्पोट नेगेटिभ आएको अध्यक्ष भट्टद्धारा बिहिबार जारी प्रेस बिज्ञप्तीमा जनाइएको छ । यस अघि सोही क्वारेन्टाइनमा रहेका ३ जनाको कोरोना संक्रमणको पुष्टी भएपछि उनिहरुको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो ।