Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

एका बिहानै चट्याङ लागेर ४ जना ज्यान गयो


1.4K
Shares

एका बिहानै चट्याङ लागेर ४ जना ज्यान गयो

सप्तरी ११, असार । सप्तरीमा चट्याङ लागेर बिहिबार बिहान चार जनाको मृत्यु भएको छ । सप्तरीको छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर उनिहरुको मृत्यु भएको हो । घरमा पूजा लगाएर एकाबिहानै सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा नम्बर २ का एक वृद्ध र युवकको सप्तकोशी नदी छेउमै चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटनामा २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको मृत्यु भएको सप्तरी प्रहरीले जानकारी जनाएको छ। त्यस्तै बिहिबार नै खेतमा धान रोप्न गएका डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया ललितादेबी यादव रहेको प्रहरीले जनाएको छ ।

यस्तै, राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि बिहिबार (आज) नै चट्याङ लागेर मृत्यु भएको छ । बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते हुनुभएको छ । घरमा काम गरिरहेको अवस्थामा चट्याङले घाइते हुनुभएकी उहाँलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जनाको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology