नागरिक सवाल संबाददाता
गोरखा ९, असार । गोरखाजिल्लामा आज (मंगलबार) एकैदिन थप १८ जना संक्रमित भेटिएको छ । जिल्लाको बारपाक सुलिकोट, भीमसेन थापा, गण्डकी, अजिरकोट र शहिद लखन गाउँपालिमा थप १८ जनामा संक्रमण भेटिएको पुष्टी भएको हो ।
स्वास्थ्य कार्यालय गोरखाले जिल्लाका १८ जनामा कोरोना संक्रमण भएको पुष्टी गरेको हो । जस मध्ये ८ जना महिला र १० जना पुरुष रहेका छन् । ‘स्वाब पठाईएका मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १३ जना र पोखराको ल्याबबाट ५ जनालाई कोरोना संक्रमण देखिएको’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो ।
प्राप्त विवरण अनुसार बारपाक सुलिकोटमा १ जना पुरुष, भीमसेन थापा गाउँपालिकामा ८ जना महिला र ४ जना पुरुष, बारपाक सुलिकोटमा १ पुरुष, गडण्की गाउँपालिकामा १ पुरुष, अजिरकोट गाउँपालिकामा १ पुरुष र शहिद लखन गाउँपालिकामा ३ पुरुष गरी १८ जनामा संक्रमण देखिएको छ । संक्रमित सबैको पहिचान भई रहेको र उनीहरुलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको छ ।