गोरखा ९, असार । गोरखाको भीमसेन थापा गाउँपालिका–८ महादेवटारका कोरोना संक्रमित युवकको सम्पर्कमा आएका ३८ जनाको स्वाब संलकन गरि परीक्षणका लागि पठाइएको छ ।
संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलनका लागि गण्डकी प्रदेशको स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताउनुभयो ।
उनिहरुको गाउँपालिकाका स्वास्थ्यकर्मी, स्थानीय स्वास्थ्यकर्मीको टोलीले स्वाब संललन गरेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतबाट छुटेर आएका महादेवटारका २८ बर्षिय युवकमा कोरोना संक्रमण भएको पाइएपनि ति युवकलाई कसरी संक्रमण भयो भन्नेबारेमा पुष्टी हुन सकेको छैन ।
हिरासतबाट फर्किएर होम क्वारेन्टाइनमा समेत नबसेका संक्रमित युवक साथीभाई, आफन्त र छिमेकको सम्पर्कमा पुगेको पाइएपछि गाउँमा संक्रमणको त्रास बढेको छ ।
पहिलो प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको रिर्पोट प्राप्त भएपछि केही कसैमा रिर्पोट पोजेटिभ भए पछि अन्यको पनि स्वांब संकलन गरि परिक्षणका लागि पठाइने जनाइएको छ ।