Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

११ जना कोरोना संक्रमित भेटिएपछि तनुहँको बन्दिपुर क्षेत्र सिल


4.1K
Shares

११ जना कोरोना संक्रमित भेटिएपछि तनुहँको बन्दिपुर क्षेत्र सिल

नागरिक सवाल संवाददाता
तनहुँ ८, असार – तनहुँको बन्दिरपुर गाउँपालिकामा ११ जनालाई कोरोना संक्रमणको पुष्टी भएपछि भोलीदेखि गाउँपालिका क्षेत्र भित्रका सवै नीजि तथा सरकारी कार्यालय पूर्ण रुपमा बन्द गरिने भएको छ । सोमबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले संक्रमण फैलन नदिन बन्दाबन्दीलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष पूर्ण सिंह थापाले जानकारी दिनुभयो ।

बैठकले इलाका प्रहरी कार्यालय बन्दिपुर र गाउँपालिकाको कार्यालयबाट समेत एकहप्ताका लागि सवै सेवा स्थगित गर्ने निर्णय गरेको छ । त्यस्तै बन्दिरपुर अस्पताल, पालिका भित्रका सरकारी तथा गैह्रसरकारी संस्था नीजि संस्थाहरुबाट प्रदान गरिने सेवा २ हप्ताका लागि रोक्ने निर्णय गाउँपालिकाले गरेको छ । गाउँपालिकाले पालिका बासीहरुलाई भौतिक दुरी कायम गरि उच्च सर्तकताका साथ सुरक्षित रहन पनि आग्रह गरेको छ ।

गण्डकी प्रदेश स्वास्थ निर्देशनालयमा गरिएको स्वाब परिक्षणका क्रममा बन्दी बन्दिपुर गाउँपालिका स्वास्थ्यसंस्थामा कार्यरत २ जना स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी र क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology