Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा सदरमुकाममा बेबारिसे अबस्था बालक फेला : परिवारसंग भेटाउन सहयोग गर्न आश्रमको आग्रह


6.4K
Shares

गोरखा सदरमुकाममा बेबारिसे अबस्था बालक फेला : परिवारसंग भेटाउन सहयोग गर्न आश्रमको आग्रह

गोरखा ८, असार- गोरखा नगरपालिका–६ हरमटारीबाट आज एक बालकको उद्धार गरिएको छ । अन्दाजी ७ बर्षका बालक बेवारिसे अवस्थाबाट भेटिएपछि प्रहरीले उद्धार गरि मानव सेवा आश्रम गोरखा शाखाको संरक्षणमा पठाएको छ ।

आफ्नो नाम सुरज गुरुङ बताउने ठेगाना खुल्न नसकेका बालकलाई हरमटारी क्षेत्रबाट उद्धार गरिएको मानव सेवा आश्रम गोरखाले जनाएको छ । उद्वार गरिएका बालकलाई अहिले मानवसेवा आश्रम गोरखा शाखामा संरक्षणका लागी राखिएको छ ।

आश्रमले बेबारिसे अबस्थामा भेटिएका बालकको परिवार र आफ्न्तको बारेमा जानकारी भए तत्काल खबर गरि पुनर्मिलन गराउनका लागी सहयोग गरिदिनु आग्रह समेत गरेको छ ।

बालक र उनको परिवार वा आफ्न्तलाई चिन्नुहुने महानुभावहरुले थप सहजीकरणका लागी ०६४–४२०६९४ नम्बरको टेलिफोन नम्बरमा खबर गरिदिनुहुन अनुरोध गरेका ेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology