गोरखा ८, असार । गोरखामा थप ११ जनामा कोरोना संक्रमण भेटिएको छ । जिल्लाको शहिद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका र गण्डकी गाउँपालिकाका भित्रका व्यक्तीहरुमा कोरोना भेटिएको हो ।
जसमध्ये गण्डकी गाउँपालिकाका ३, शहिद लखन गाउँपालिकाका ३ र भीमसेन थापा गाउँपालिकाका ५ जना रहेका छन् । संक्रमितहरुको पहिचान खुल्न भने बाँकी रहेको छ ।
थप जानकारी प्राप्त हुन बाँकी छ । यो संगै गोरखा जिल्लामा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । थप जानकारी