Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

सरकारको निर्णय विपरित शुल्क बुझाउन नीजि बिधालयको अभिभावकलाई दबाब


1.3K
Shares

सरकारको निर्णय विपरित शुल्क बुझाउन नीजि बिधालयको अभिभावकलाई दबाब

काठमाण्डौ ७, असार । सरकारको निर्णय विपरीत विद्यालय सञ्चालकले बन्दाबन्दी समयको पनि शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आज संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेका हुन् ।

२०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गर्न प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । कोरोना महामारीका कारण अत्यन्तै जटिल अवस्थामा पुगेको भन्दै विद्यालय सञ्चालकले शुल्क तिर्न अभिभावकलाई आग्रह गरेका छन् ।

बन्दाबन्दीले गर्दा विद्यालयको आम्दानी शून्य भएको, देशभरी करिब दुई लाख शिक्षक–कर्मचारीको जीवन यापन कठिन भएको, विद्यालयले भाडा र ऋणको ब्याज तिर्न नसकेको प्याब्सनको दावी छ । सरकारले निजी विद्यालयका लागि राहत प्याकेज नल्याएपछि विद्यार्थीसँग शुल्क उठाउनुको विकल्प नभएको उनीहरूको भनाइ छ । प्याब्सन अध्यक्ष पुरीका अनुसार वैशाख महिनाबाट नै शुल्क लिइनेछ ।

सरकारले भने चैत महिनाको शुल्क नलिन विद्यालयलाई यसअघि नै निर्देशन दिइसकेको छ भने अनलाइन कक्षाको समेत शुल्क लिन नपाइने भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology