Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा संक्रमण पुष्टी भएको ३ दिनपछि ल्याइयो संक्रमितलाई आइसोलेसनमा


2.2K
Shares

गोरखामा संक्रमण पुष्टी भएको ३ दिनपछि ल्याइयो संक्रमितलाई आइसोलेसनमा

राजेन्द्र न्यौपाने
गोरखा, ७ असार । जिल्लाको पालुङटार नगरपालिका, शहिद लखन र भीमसेन गाउँपालिकामा रहेका कोरोना भाईरस संक्रमितहरु आज आइसोलेनमा आईपुगेका छन् । पालुङटारका दुई जना शनिबार र पाँच जना आज आईपुगेका हुन । शहिद लखनका चार जना र भीमसेनका पाँच जना पनि जिल्लाको आइसोलेसनमा आईपुगेका छन् ।

गोरखा अस्पतालको आइसोलेसनकक्षका बेड भरिएकाले १० जना संक्रमितलाई आज देखि गोरखा क्याम्पसमा बनाइएको आइसोलेसन कक्षमा राखिएको छ । उनीहरुको उपचार भईरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट नविन थापाले जानकारी दिनुभयो ।

वर्षातका कारण बाटो हिलो भएकाले विरामीहरु ल्याउन समय लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology