Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज खण्डग्रास सूर्यग्रहण, कुन राशीले हेर्दा राम्रो हुन्छ त यो हेर्नुहोस !


4.3K
Shares

आज खण्डग्रास सूर्यग्रहण, कुन राशीले हेर्दा राम्रो हुन्छ त यो हेर्नुहोस !

गोरखा ७, असार । आइतबार (आज)असार ७ गते सूर्यग्रहण लाग्दैछ । आईतबार परेको सुर्य ग्रहण बिहान १० बजेर ५५ मिनेटबाट सुरु भई अपरान्ह २ बजेर २४ मिनेटमा समाप्त हुने खगोलबिद् जयन्य आर्चायले जानकारी दिनुभयो । नेपालबाट सुर्य ग्रहण लागेको हेर्न लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने उहाँले बताउनुभयो ।

सोही सुर्य ग्रहण राजधानीबाट भने ८८ प्रतिशतसम्म मात्र देख्न सकिने छ । आजको दिन तापक्रम घटेर चिसो अनुभव हुने अनुमान गरिएको छ । यो खण्डग्रास  सूर्यग्रहण नेपाल, भारत, चीन, थाईलैंड लगायत एशियाका सबै देश, दक्षिणरपूर्वी युरोप, सऊदी अरब, यूऐई, कांगो, इथियोपिया, अफ्रीकाको केही स्थानबाट देख्न सकिनेछ ।

नेपाली समय अनुसार बिहानको १० बजेर ५० मिनेटमा स्पर्श हुने र मध्यान्हको १२ बजेर ३८ मिनेटमा मध्य हुने र अपरान्ह २ बजेर २३ मा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३३ मिनेटको रहनेछ । यो खण्डग्रास सूर्यग्रहण पश्चिम तर्फबाट स्पर्श भई पूर्वमा मोक्ष हुनेछ ।उत्तरी अमेरिका, दक्षिण अमेरिका महाद्वीप, ऑस्ट्रेलिया महाद्वीपको अधिकांश ठाउँ, बेलायत, फ्रांस, इटाली, जर्मनी, स्पेन र अन्य यूरोपीय महाद्वीपबाट भने यो सूर्य ग्रहण देखिने छैन ।

कुन राशीका लागि कस्तो छ त?

धार्मिक मान्यता अनुसार आजको सुर्य ग्रहण मेषराशि, सिंहराशि, कन्याराशि र मकर राशीभएका मानिसले हेर्न उपयुत्त हुने बाँकी । धनु, बृश्चिक, तुला, मिथुन, कुम्भ, मिन, बृषका लागि भने उपयुत्त नभएको ज्वोतिशास्त्रीहरु बताउछन् ।

तर वैज्ञानिकहरु यो कुरा मान्न तयार छैनन् । उनीहरु सुर्य ग्रहण सबै राशी भएकोले हेर्न उपयुत्त हुने तर खाली आँखाले नभएर कालो चश्माको सहायताले गर्न अनुरोध गरेका छन् । यो दुर्लभ दृष्य हो । यस्तो कहिले हुने थाहा हुदैन । त्यसैले कसले हेर्न हुन्छ कसले हुदैन भन्ने होईन सबैले हेर्न हुन्छ तर आँखालाई सर्पोट आवश्यक रहेको बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology