गोरखा ४, असार । शहिद लखन गाउँपालिका गोरखाले गाउँपालिकाले पालिका भित्र कोरोना संक्रमित भेटिए पनि नआत्तिन गाउँपालिकाबासीलाई आग्रह गरेको छ ।
गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले संक्रमित सवैको स्वास्थ्य अबस्था सामान्य रहेको हुदा नआत्तिन र सावधानी अपनाउन सवैलाई आग्रह गर्नुभएको हो ।
वडा नम्बर ७ बुकोंटको शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेन्टाईन रहनु भएका उहाँहरु सवै भारतबाट आएकाहरु रहेको उहाँले बताउनुभयो ।
संक्रमितहरुलाई गोरखा सदरमुकाममा रहेको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ ।