नागरिक सवाल संबाददाता
गोरखा ३, असार- सुर्खेतमा आत्महत्या गरेकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्ता गाउँपालिका–८ कि २५ वर्षीय ती युवतीले असार १ गते घरनजिकै झुण्डिएर आत्महत्या गर्नुभएको थियो ।
पोष्टमार्टम गर्नुअघि उहाँको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार उहाँमा संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।
युवती गत जेठ १२ गते श्रीमान् र तीन वर्षकी छोरीसहित भारतबाट आएर १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएकी थिइन् । क्वारेन्टिनबाट घर जाने क्रममा आरडिटी विधिबाट कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।