गोरखा २, असार । गोरखामा मंगलबार १० जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गोरखा नगरपालिकाको मनकामना बहिरा मावि क्वारेण्टाइनमा रहेका आठ जनामा र बारपाक सुलीकोट गाउँपालिकाको क्वारेण्टाइनमा रहेका दुई जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलय पोखराले जनाएको छ ।
मनकामना बहिरा मावि क्वारेण्टाइनका एक संक्रमित काठमाडौबाट आएको व्यक्ति भएको पाइएको जनाइएको छ । यो संगै गोरखामा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।
यसअघि गण्डकी गाउँपालिकाका बिभिन्न क्वारेण्टाइनमा रहेका नौजनामा, पालुङ्टार ७ का एकजनामा र भीमसेन थापा गाउँपालिकाका बिभिन्न क्वारेण्टाइनका ४ जनामा कोरोना पुष्टि भएको थियो ।